
२७ बैशाख, विराटनगर । नेपाल विद्युत प्राधिकरणले विराटनगर महानगरपालिका– ११ मा पर्ने मरिक टोलको बिजुलीको पोल व्यवस्थापनका लागि विराटनगर वितरण केन्द्रलाई निर्देशन दिएको छ ।
स्थानीय ५५ वर्षीय रोहन मरिकले घरसँगै जोडिएको बिजुलीको पोल सार्ने पहल गरेपनि असफल भएको समाचार प्रकाशित भएपछि प्राधिकरणले पोल सार्न वितरण केन्द्रलाई निर्देशन दिएको हो ।
मरिकको छाप्रोको छाना छेडेर बिजुलीको पोल गाडिएको छ । पानी पर्दा उनको घरको छानामा करेन्ट लाग्छ । पोलका कारण ज्यान असुरक्षित भएको समाचार मंगलबार अनलाइनखबरले प्रकाशित गरेको थियो ।
‘पोलको अवस्था बुझेर रिपोर्ट पठाउनु भन्ने निर्देशन आएको छ,’ विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले भने, ‘अनुगमनका लागि भोलि जान्छौं ।’
उनले पोल सार्न मिल्ने भए अन्यन्त्र सारिने बताए । बाक्लो बस्ती भएका कारण सार्न नमिले विकल्पको प्रयोग गरिने उनले बताए ।
प्रतिक्रिया 4