
२७ वैशाख, बागलुङ । बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । चर्को आलोचनापछि निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने रणनिति बनाएको थियो ।
बागलुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।
मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरपालिकाको वडा नम्बर १ मा रहेको सभाहल, गलकोट नगरपालिकाका लागि पुरानो गलकोट मावि भवन, ढोपाटन नगरपालिकाका लागि उत्तरगंगा माविको भवनमा मतगणनाको तयारी गरिएको छ । अन्य पालिकाहरुमा पनि मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको उनले बताए ।
प्रतिक्रिया 4