
२७ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापाले सेवा सुविधाबापत पाएको सम्पूर्ण रकम नगरपालिकामा जम्मा गरेका छन् ।
कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापत गरी कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए ।
उक्त रकम उनले नगरपालिकाको संचीत कोष र दैविक प्रकोप उद्धार विषेश कोषमा जम्मा गरेको कोइरालाले जानकारी दिए । जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ ।
थापा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पार्टीले अहिले मेयरको उमेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ । मेयर पदमा निर्वाचित भएलगत्तै उनले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए ।
थापा सुनवलका व्यवसायी हुन् ।
प्रतिक्रिया 4