
कांग्रेस र माओवादीको संयुक्त पत्रकार सम्मेलन ।
२८ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा माओवादी केन्द्रले नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।
गठबन्धनबीच भएको सहमतिका आधारमा माओवादी केन्द्रले कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार दिलिपप्रताप खाँण र उपमेयर पदका उम्मेदवार कविता तिवारी गैह्रेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनका दलका नेताहरुले मंगलबार बेलुकी वालिङमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी दिएका थिए ।
वालिङमा माओवादी केन्द्रबाट नित्यानन्द तिवारी मेयरको उम्मेदवार थिए । नेकपा एमालेले वालिङमा कृष्ण खाँणलाई मेयर र खगिसरा थापा मगरलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4