
२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।
नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।
स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ ।
अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4