
काठमाडौं । लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन साधकलाई सम्मान गरेको छ । संस्थाले यस वर्षको इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान प्रा. डा. त्रिरत्न मानन्धरलाई, सरस्वती सम्मान साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई र नारायणगोपाल संगीत सम्मान तथा संगीतकार न्हूँछेबहादुर डंगोललाई प्रदान गरिएको हो ।
कार्यक्रममा वसन्त चौधरी फाउण्डेसनले प्रकाशन गरेको डा. अस्मिता अर्यालको निबन्ध संग्रह ‘मैले बुझेको दुनियाँ’को विमोचन समेत गरिएको थियो ।
संस्थाले २०५२ सालदेखि साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4