
काठमाडौं । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको हो ।
छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौं फर्किने तयारीमा छन् । वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो ।
दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय छ । मित्रताको कथा पेश गर्ने फिल्म कात्तिक ४ गते प्रदर्शनको तयारीमा छ ।
कोरोना महामारीको कारण दुई वर्ष अवरुद्ध भएको छायांकन कथा र कलाकारमा हेरफेरसहित पुनः छायांकन भएको हो । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ निर्माताको रुपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4