+
+

उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १३:४६

२८ वैशाख, डोल्पा । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।

ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा मंगलबार मृत्यु भएको थियो ।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय भएको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको उनको भनाइ छ ।

हेर्नुहोस् निर्णयः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?