अण्डालाई मानिसहरुले यसकारण लिन्छन् कि यो हजारौं वर्षदेखि मानव अस्तित्वको केन्द्र हो । तर पनि यो अण्डा नै त हो भनेर मानिसहरुले त्यति गम्भीरताका साथ लिंदैनन् ।
यदि क्याल्सियम कार्बोनेटले बनेको खोलभित्र निकालेर अण्डालाई ध्यानपूर्वक हेर्ने हो भने यसमा तपाईंले ब्रम्हाण्डको सानो रुप देख्न सक्नुहुन्छ । यसमा सबै धर्मावलम्बीका अलग–अलग परम्परा प्राचीन मिश्रका बासिन्दा, ग्रीक, रोमन र यसको साम्राज्य निर्माणको कथा यसमा अडिएको छ ।
दक्षिण क्यालिफोर्नियामा काहुइल्ला समुदाय ब्रहामणको निर्माण अण्डा फुटेर भएकोसँग जोड्ने गर्दछन् । यस्तै नेब्रास्का र अयोवाको ओमाहा जनजातिका मानिस समुद्रमा खसाइएको अण्डाको बारेमा बताउँछन् ।
उनीहरुका अनुसार यो अण्डाभित्र भविष्यमा जन्मिने सबै बच्चाको आमाबुवा सुतिरहेका थिए । तर यो सबै कथामा विज्ञान कहाँ छ ?
अण्डा र विज्ञान
सन् २००६ मा नासाको विलकिनसन सेटेलाइटबाट प्राप्त डाटा अनुसार ब्राम्हण अण्डाको आकारको हुनसक्छ । वैज्ञानिकहरु यो सिद्धान्तलाई प्रमाणित गर्न असमर्थ रहे, तर यो सम्भव हुनसक्छ, हामी विशाल लगातार बढ्दै गएको अण्डामा बसिरहेका छौं ।
सन् १६०९ मा जोन केपलरने यस कुराको पुष्टि गरे कि पृथ्वीसँगै दोस्रो ग्रह पनि सूर्यको चारैदिशा घुम्ने गर्दछ, तर गोलाकार पक्षमा नभएर अण्डाकार कक्षमा ।
चन्द्रमाको अण्डाकार कक्षबाट यस्तो लाग्छ कि यो रातमा लगातार आफ्नो आकार परिवर्तन गर्दछ । यदि यो अण्डा कक्षमा नघुम्ने हो भने चन्द्रमा हाम्रो लागि कमै मनै लोभ्याउने हुन्छ । अण्डाको खोल नरम नभएर बरु चन्द्रमाको सतहजस्तै हुने गर्दछ । यो सुख्खासँगै नराम्रो हुन्छ । एउटा अण्डाको खोल १७ हजार खाडल पुर्न सक्छ । यो अर्ध पारगम्य हुन्छ, जसमा हावा र आर्द्रता यसमार्फत जान सक्छ ।
यो रोचक आकृति हो । यो हुन पनि सक्छ कि वास्तविक ब्रम्हाण्डको आकार अण्डाकार छ, तर यो आर्किटेक्चर डिजाइनको हिस्सा हो वा एक यस्तो ढाँचा हो जसमा केही आन्तरिक ठोस आधार छैन, तर पनि यो आफ्नो भित्रको जीवनको बचाउन र बढाउन सफल छ ।
अण्डाको खोलको एक बिन्दुमा बाहिरी दबाब पर्छ । यो पूरै अर्धगोलाकारमा समान रुपमा फैलिन्छ । यो कारण हो कि तपाईं कुनै पनि अण्डालाई चुच्चोतिरबाट आफ्नो हातमा फुटाउन सक्नुहुन्न । प्रकृतिको दुरुस्त एयरोडायनेमिक डिजाइनको कसरी देखाउन सकिन्छ । एउटा अण्डामा न त कुनै सुरुवात हुन्छ, न यसको अन्त्यसम्म देख्न सकिन्छ ।
बीसौं शताब्दीसम्म मानिस भव्य अण्डाकार आर्किटेक्चर डिजाइन तयार गर्दैनथे । बिजिङमा एउटा अण्डाकार भवनमा तीन हलसम्म ५ हजार ४५२ मानिस बस्न सक्छन् ।
सबै हल एक हजार वर्गमिटरको आकारको हुन्छ । अण्डाकार कपको कल्पना गर्नुस् । अण्डाको ड्यालेनदेखि फेबरेजसम्म कलाकारलाई पे्ररित गर्छ । गुलिभर ट्राभल्समा जब होचापुड्का मानिस छिमेकीसँग युद्ध गर्न निस्केसँगै मुद्दा एउटा उसिनेको अण्डालाई कताबाट खान सकिन्छ ।
अण्डाको प्रोटिन
अण्डामा जुन प्रोटिन हुन्छ त्यो अमिनो एसिडको सन्तुलित मिश्रण हो, जसले मानव शरीरको तन्तुहरुको निर्माण गर्न सहयोग गर्छ । यसमा आमाको दूधपछि सबैभन्दा बढी पौष्टिक तत्व पाइन्छ ।
अण्डाका धेरै परिकार बनाउन सकिने भए पनि पकाउन नजान्नेहरुले उसिनेर मात्रै पनि खान सक्छन् । उसिनेको अण्डा झनै पौष्टिक हुन्छ ।
मध्ययुगमा गाढा रंगबाट सजाइएको अण्डाबाट वसन्तको स्वागत गरिन्थ्यो , सने १८७५ मा जोन क्याडबरीले अण्डाबाट पहिलो चकलेट बनाएका थिए ।
बेलायतमा हरेक वर्ष आठ करोड चकलेट अण्डा बिक्री हुन्छ । ब्रिटेनमा हरेक साल आठ करोड चकलेट अण्डा बिक्री हुन्छ । ईस्टरमा यस्तो लाग्छ कि अण्डा नै पहिला आएको थियो । यसलाई हेर्दा भने अण्डा पहिले आयो कि कुखुरा भन्ने बहस नै निरर्थक लाग्छ ।
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4