+
+

भारतका लागि नेपाली राजदूत शर्माले बुझाए ओहोदाको प्रमाणपत्र

रासस रासस
२०७९ वैशाख २८ गते १८:३८

२८ वैशाख, काठमाडौं । भारतका लागि नवनियुक्त नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले राष्ट्रपति रामनाथ कोविन्द समक्ष नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकामा डा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गरे ।

राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत शर्मालाई आग्रह गरे ।

राजदूत शर्माले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको बताए ।

दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

त्यस अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?