
२९ वैशाख, काठमाडौं । कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित कामदारले वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।
गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव श्रीपालीलाइ पनि सम्पर्कमा आएर रकम बुझ्न आग्रह गरिएको छ । गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4