
काठमाडौं । पछिल्लो समय सेलिब्रिटीदेखि मिडिया हाउससम्मका युट्युब च्यानल ह्याकरको निशानामा परिरहेका छन् । यही क्रममा बिहीबार गायक कमल खत्रीको युट्युब च्यानल पनि ह्याक भएको छ ।
उक्त च्यानलमा रहेको एउटा गीतबाहेक अन्य सबै कन्टेन्ट गायब भएका छन् । ह्याकरले उक्त च्यानललाई कब्जामा लिंदै ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र इथिरियमको लाइभ गरिरहेको छ ।
उक्त च्यानलमा एलन मस्क र ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सीको तस्वीर राखेर लाइभ भइरहेको छ । खत्रीको यो च्यानलमा ६ लाखभन्दा बढी सब्सक्राइबर छन् ।
अहिले उक्त युट्युब च्यानलमा पल शाह अभिनित ‘फिक्का फिक्का छिन छिनमै’ भन्ने गीतको भिडियो मात्र छ । गायक खत्रीले ह्याकरको कब्जाबाट च्यानललाई फिर्ता ल्याउन पहल भइरहेको बताए ।
पछिल्लो पटक गायक भिटेन, मिडिया कम्पनीहरु बुढासुब्बा र ओएसआर च्यानल पनि ह्याक भएर फिर्ता गराइसकिएको छ ।
प्रतिक्रिया 4