
३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् ।
महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् ।
‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै थिएँ । म सार्वजनिक पदमा काम गर्दा नगरवासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । अबको कार्यकाल अझ राम्रो गरी काम गर्छु ।’
मतदाताहरूले उम्मेदवारको विगतको क्रियाकलाप, नैतिकताऽ आचरणऽ विगतको काम पनि याद गरेर मतदान गर्नु पर्ने महर्जनले सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4