
३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा १०० वर्षका कृष्णप्रसाद पण्डितले मतदान गरेका छन् ।
ब्यास १ गल्फुबेँसीमा बसोबास गर्दै आएका भए पनि उनको नाम वडा वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा थियो । त्यसैले उनी बिहानै एक जना उम्मेदवारको गाडीमा चढेर मतदान केन्द्रमा पुगेका थिए ।
मतदानपछि उनले १०० वर्षको उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको छ ।’
उनले सबैको दीर्घायुको कामना पनि गरे । ‘सबैको आयु मेरो जस्तै होस्’, उनले भने, ‘सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’
मतदानपछि कृष्णप्रसाद पण्डित :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4