
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताए । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह पनि गरेका थिए ।
‘मतदान गर्ने, मौनमा बस्ने, आकाशतिर हेरेर,’ उनले भने, ‘आजका दिनमा म मतदाता प्रभावित गर्दिनँ ।’
आफू कमलको फूलजस्तै फुल्ने बताए । ‘हिलो छ, गड्यौला छ र पनि फुल्छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4