
३० वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गरेका हुन् ।
मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् ।
कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।
विवेकशील साझाका मेयर उम्मेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4