
३० वैशाख, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।
‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4