
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेनले काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बताएका छन् ।
काठमाडौंको बसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपाली मतदाताहरु साँच्चै खुशी छन् । परिवर्तन गर्न मतदाताहरु उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तन आउँछ ।’
काठमाडौंको मेयरमा ५० जना उम्मेदवार छन् । बालेन स्वतन्त्र उम्मेदवार हुन् ।
मतदानस्थलको अवलोकनका क्रममा वसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेहरुलाई मत दिन आग्रह गरेको सुनाए ।
बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4