
वायाँबाट देवीप्रसाद र अग्निधर ।
३० वैशाख, पर्वत । पर्वतमा ९९ वर्षीय र ८६ वर्षीय वृद्धले एउटै मतदान केन्द्रबाट मतदान गरेका छन् ।
पर्वतको कुस्मा नगरपालिका- ९ कटुवा चौपारीस्थित सार्वजनिक माविबाट ९९ वर्षका देवीप्रसाद र ८६ वर्षका अग्निधरले मतदान गरेका हुन् ।
मतदानमा सहभागी भएपछि देवीप्रसादले राम्रो मान्छेलाई जिताउन र गाउँको विकास होस् भनेर मतदान गरेको प्रतिक्रिया दिए ।
अर्का वृद्ध अग्निधरले निर्वाचनमा मतदाताले पनि योगदान दिनु पर्ने भएकोले मतदान गरेको भन्दै भने, ‘जित्नेले गाउँमा विकास गरिदिए भयो, अरु केही चाहिएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4