
३० वैशाख, मुगु । मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् ।
उनीहरुले खत्याड गाउँपालिका -८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न ।
आमाको मृत्यु भएको सातौँ दिनमा उनीहरु १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्न आएका हुन । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका छ्न ।
कान्छा भाइ जयसुर त खाली खुट्टा नै मतदानस्थलमा पुगेका थिए । जेठा दाइ कबिराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन ।
५ वर्षमा एकपट्क आउने स्थानीय तहको चुनावमा राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले मतदान गर्न आएको कवीराजले बताए । ‘हाम्रो ३ मतले कतै राम्रो मान्छेको हार हुनसक्छ,’ उनले भने, ‘त्यसैले किरियाको कामलाई थाँती राखेरै भए पनि मतदान गर्न आएका हौं ।’
प्रतिक्रिया 4