
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी पदकी उम्मेदवार सिर्जना सिंहले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन् ।
काठमाडौंको विभिन्न मतदान केन्द्र अवलोकनका गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले काठमाडौंलाई महाघरको रुपमा सफा, सुन्दर र सुशासनयुक्त बनाउने बताइन् ।
‘म जित्नेमा एकदम आशावादी छु । मेरो काठमाडौं महानगर बनाउने संकल्प छ । म एकदम उत्साहित पनि छु’ उनले भनिन् ।
शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सरसफाइजस्ता विषयलाई आफूले प्राथमिकता दिने सिर्जनाले बताइन् । ‘मेरो जित भनेको सबै महिलाहरुको पनि जित हो’ सिर्जनाले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4