
दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ ।
ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुबनेश्वर प्रसाद शाहले जानकारी दिए ।
झडपले उग्ररुप लिन थालेपछि यो केन्द्रको मतदान स्थगित भएको छ । मतदान पुन: सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4