
३० वैशाख, काठमाडौं । भक्तपुर नगरपालिकाका मेयरका उम्मेदवार सुनिल प्रजापतिले पुनः मेयरको रुपमा जनताले आफूलाई जिताउनेमा ढुक्क रहेको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मेयरका उम्मेदवार प्रजापतिले मतदानपछि संक्षितप्त प्रतिक्रिया दिंदै नगरपालिकाको सबै क्षेत्रमा उत्कृष्ट काम गरेको दावी गर्दै जनताले मेरो मूल्यांकन गर्ने बताए ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा हामीले राम्रो काम गरिरहेको भन्दै उनले भने, ‘हामीले ख्वप अस्पताल बनाएको छौं, जहाँ दैनिक सयौंले सेवा लिइरहेका छन् । यस्तै सम्पदा, सरसफाइ लगायतका क्षेत्रमा पनि राम्रो काम गरेका छौं । हामी ठेक्का दिँदैनौं, जनतासँग मिलेर काम गरेका छौं । त्यसैले जनताले हामीलाई जिताउनेमा ढुक्क छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4