
३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका नेकपा एमाले उम्मेदवार विजयकुमार सरावगीले आफूले सबै ३२ वटै वडामा लिड गर्ने बताएका छन् ।
वीरगञ्ज–१३ खाद्य संस्थानस्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सबै वडामा आफ्नो धेरै मत आउने दावी गरेका छन् ।
निवर्तमान नगर प्रमुख सरावगीले मतदान व्यवस्थित नभएको बताए । ‘व्यवस्थापनमा कमाजोरी के भएको छ भने, क्रमसंख्या अल्फाबेटिकल्ली मिलाइएको छ ।
त्यो मतदाताहरुलाई थाहा छैन, थाहा नभएका कारण एउटा लाइनबाट अर्को लाइन अर्को लाइनबाट तेस्रो लाइन जानुपरिरहेको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4