
३० वैशाख, हुम्ला । हुम्लाको अदानचुलीका २ वटा मतदान केन्द्रमा झडप भएको छ ।
अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।
श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि विवाद भएको थियो ।
ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय नन्दराज शर्माले जानकारी दिए ।
यस्तै अदानचुली १ को जनकल्याण माविमा पनि विवाद भएपछि मतदान रोकिएको कालिबहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4