
३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका स्थानीय तहमा सत्तारुढ दलका उम्मेदवारले जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार भरतपुरमा स्थानीय तहको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दैै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताएका हुन् ।
‘हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौं, राष्ट्र निकै अप्ठ्यारो भएको बेलामा गठबन्धन बनेको हो, जनता र देशका बुद्धिजीवीहरुले यसको महत्व बुझेका छन् । गठबन्धन विजयी हुन्छ,’ प्रचण्डले भने ।
प्रचण्डले चितवनमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित नगराए दुर्घटना हुने भनी दिएको अभिव्यक्तिलाई धम्की भन्न नमिल्ने बताए । ‘मैले धम्की दिएको होइन, जिम्मेवारीका साथ अपील गरेको छु । काठमाडौंका मुख्य मिडियाबाट तोडमोड गरियो । मैले त्यस्तो भनेको होइन,’ उनले भने ।
प्रतिक्रिया 4