
फाइल तस्वीर
३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गरेका छन् ।
शुक्रबार हेटौंडाको वंशगोपाल उच्च मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमलाई गम्भीर रुपमा लिएर निकाकरणका लागि बहस हुनुपर्ने बताए ।
‘चुनावमा पैसाको धेरै ठूलो चलखेल भएको देखिएको छ । यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा पनि राष्ट्रिय बहस हुनुपर्छ,’ उनले भने ।
थापाले स्थानीय चुनाव निर्दलीय रुपमा गर्न उपयुक्त हुने समेत धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4