
३० वैशाख, काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले अनलाइनखबरलाई बताए ।
उनका अनुसार जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा झडप भएको प्रहरीले जनाएको छ ।
‘प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाई फायर गर्नु परेको थियो’ खनालले भने । अहिले सर्वदलीय बैठक बोलाएर १० : ४५ बजेबाट मतदान पुनः सुचारु भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4