
३० वैशाख, प्युठान। स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म प्युठानमा ३० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३० प्रतिशतको हाराहारीमा मतदान भएको हो ।
प्यूठानका सवै केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको उनले बताए। ‘अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने ।
प्यूठानमा कुल २ सय २० मतदान केन्द्र एव १ सय ५१ मतदान स्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4