
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् ।
गैरीगाउँस्थित केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पाउने मत अरु बढ्ने समेत दाबी गरे । उनले भने, ‘अरु कसैले हार्नेभन्दा पनि हामीले जित्ने हो, मेरो प्रतिस्पर्धा कसैसँग होइन । म नगरबासीको काम गर्न मेयरमा उठेको हुँ ।’
शाहले काठमाडौंको मेयर बनेर काम गर्नु आफ्ना लागि सजिलो काम भएको समेत बताए । आफू विजयी भएमा नगरवासीको दैनिकीलाई सहज बनाउने काममा नै केन्द्रित हुने बताए । ‘हामीले गर्ने काम सिस्टममा हुनेछ, कसैले दुःख पाउनु पर्दैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4