
३० वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित ३ जना घाइते भएका थिए । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4