
३० वैशाख, बारा । बाराको पचरौता नगरपालिका-२ स्थित बरगाछी मतदान केन्द्रमा तनाव भएको छ ।
नेकपा एमालेका उम्मेदवार र कार्यकर्ताले बुथ कब्जा गरी एक पक्षीय रुपमा मतदान गरेको आरोप लगाउँदै विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि मतदान प्रक्रिया रोकिएको छ ।
निर्वाचन अधिकृतलाई मतदान केन्द्र बाहिर निकालेर एक पक्षीय रुपमा मतदान गरेको आरोप उनीहरुले लगाएका छन् ।
मतदान गर्ने विषयमा दुईपक्षबीच विवाद उत्पन्न भएका कारण केही समय मतदान प्रक्रिया रोकिएको र विवाद समाधानको प्रयास भइरहेको बारा प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4