
३० वैशाख, रोल्पा । रोल्पाको थवाङमा गएराति माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि सम्पर्कविहीन भएका दुई जना अझै सम्पर्कमा आएका छैनन् ।
गएराति थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडप भएको थियो । झडपमा परी थवाङ गाउँपालिका ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जानकारी दिए । घटनापछि थवाङ ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।
झडपमा घाइते भएका लिलबहादुर घर्तीमगर, राजेन्द्र घर्तीमगर र विक्रान्त रोकामगरलाई राति नै थवाङ स्वास्थ्य चौकी रोल्पामा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता थमन जीसीले जानकारी दिए ।
प्रतिक्रिया 4