
३० वैशाख, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीया गोपी माया पोख्रेलले मतदान गरेकी छिन ।
परिवारको सहयोगमा मतदान केन्द्रमा पुगेकी उनले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताइन् ।
‘मतदान गर्न पाउँदा खुसी लाग्यो,’ उनले भनिन्, ‘भगवानको कृपाले फेरि पनि भोट हाल्न पाउँ ।’
परिवारको सहयोगमा मतदान गरेकी उनले आफूले मत दिएका व्यक्तिले जितेर राम्रो काम गरुन भन्ने चाहना व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4