
३० वैशाख, नेपालगञ्ज । बाँकेमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । जिल्लाका सबै पालिका र केन्द्रहरूमा विनाअवरोध मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत खडानन्द अधिकारीले जानकारी दिए ।
जिल्लाका आठ पालिकामा सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । ‘हालसम्म कुनै पनि मतदानस्थलमा कुनै प्रकारको समस्या आएको जानकारीमा आएको छैन’ मुख्य अधिकृत अधिकारीले भने, ‘सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।’
सुरक्षाका लागि बाँकेमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय प्रशासनले आज सार्वजनिक यातायात सन्चालनमा रोक लगाएको छ । तथापि, मतदान केन्द्रमा सहज पहुँचका लागि अपाङ्गता, अशक्त र वृद्धवृद्धाका लागि केही सार्वजनिक यातायातलाई सवारी पासको व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4