३० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति भएकाे खेलमा टोटेनहम हट्सपरले आर्सनललाई ३-० ले पराजित गरेको छ ।
ह्यारी केनकाे दुई गाेल मद्दतमा टोटेनहमले आर्सनलमाथि सानदार जपतसहित शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेकाे छ ।
३६ खेलबाट ६५ अंक जाेडेर टाेटनहमले आर्सनललाई पछ्याइरहेकाे छ र पाँचाै स्थानमा छ । पराजित आर्सनल ६६ अंकसहित चाैथाे स्थानमा छ । टाेटनहमकाे लागि केनले २२ औं र ३७ औं मिनेटमा गाेल गरे ।
हेउन मिन सनले ४७ औं मिनेटमा गाेल गरे ।
खेलको ३३ औं मिनेटमा रोब होल्डिङले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएकाे थियाे ।
प्रतिक्रिया 4