
३० वैशाख, सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
झड्पमा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।
घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा र कमल थापा रहेको प्रहरीले जनाएको छ । ‘आठबीसमा झडप भएको खबर प्राप्त भएको छ । फोन सम्पर्क हुँन सकिरहेको छैन् । सम्पर्कको प्रयास भइरहेको छ,’ उनले भने ।
कांग्रेस कार्यकर्ताहरूको एमालेका कार्यकर्ताहरुलाई आक्रमण गरेको स्थानीयले जगत माँझीले बताए । केहीबेर स्थिति तनाव बनेपछि तत्काललाई मतदान स्थगन गरिएको छ ।
केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4