
३० वैशाख, सुर्खेत । भारी वर्षाका कारण सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित बनेको छ ।
पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा वर्षाका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।
स्थानीय जगत ढकालका अनुसार भारी वर्षा भएपछि केही मतदान केन्द्रमा मतदान प्रक्रिय रोकिएको छ । पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने बताइएको छ ।
सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ । जस्ले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4