
३० वैशाख, भक्तपुर। भक्तपुर नगरपालिका -७ मा रहेको मुनि विहारका बाल भिक्षुले शुक्रबार भिक्षाटन गरेका छन् ।
मुनि विहारबाट पैदल हिडेर उनीहरु सूर्यविनायक नगरपालिकास्थित देउजा गाउँसम्म भिक्षाटनका लागि पुगेका हुन् ।
मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले बाल भिक्षुहरुको स्कुल छुट्टि भएपछि भिक्षाटनमा पठाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिले भिक्षुहरुको स्कुल विदा छ । त्यसकारण छुट्टिको समयमा भिक्षाटनमा लगेका हौं ।’
उनका अनुसार ५५ जना बाल भिक्षुहरु भिक्षाटनमा सहभागी थिए ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4