+
+

पाँच स्थानको निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १७:२०

३० वैशाख, काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।

पाँचखाल नगरपालिकाको वडा नं. १३ कोशीदेखास्थित सीता मावि केन्द्रमा निर्वाचन अधिकृतले एमाले सम्बद्ध एकजना व्यक्तिलाई चारवटा मतपत्र दिएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले विरोध गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन कार्यालयका अनुसार दुईवटा मतदान केन्द्र रहेको सो विद्यालयमा १ हजार ७७८ मतदाता थिए । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।

रामेछापको खाँडादेवी–१ मा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवारमाथि कुटपिट भएको भन्दै होहल्ला गरेपछि विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि हवाई फायर गर्नुपरेको थियो ।

यसैगरी विजयपुर नगरपालिका–३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा हवाई फायर गर्नु परेको थियो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि मतदान स्थलमा केही व्यक्तिहरुको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो ।

यस्तै जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीसमेत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?