
३० वैशाख, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
दुई पक्षले ढुंगाहानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
अहिले त्यहाँको स्थिति सामान्न बनिसकेको र मतदान पनि सञ्चालन भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4