
फाइल तस्वीर
३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ ।
शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।
हाल ती व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन् ।
निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउन विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटनामा कुनै क्षति भएको छैन ।
घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4