
३० वैशाख, धनगढी । कैलालीमा दिउँसो साढे ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । जिल्लाका १३ वटा स्थानीय तहमा ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।
उनकाअनुसार कुल ५ लाख २५ हजार १२५ मतदाता रहेकोमा ५५ प्रतिशत अर्थात् दुई लाख ८८ हजार जनाले मतदान गरेका छन् । स्थानीय तहहरुका मतदान केन्द्रमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुन स्थानीय तहमा कति प्रतिशत मत खस्यो भन्ने विवरण संकलन भइनसकेको जनाएको छ ।
५ बजेभित्र मतदान केन्द्रमा पुगिसकेका मतदाताले मत दिन पाउने भएकाले धेरै ठाउँमा अहिले पनि मतदान जारी रहेको छ । कैलालीका केही ठाउँमा सानातिना विवाद बाहेक अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4