
३० वैशाख, वीरगञ्ज । पर्सामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले साँझ ५ बजेसम्मा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलल कतिपय स्थानमा मतदान जारी रहेपनि औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
‘कतै ७० प्रतिशत भन्दा बढी मत खसेको छ, कतै कम खसेको होला,’ उनले भने, ‘औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरेका छौं । यकिन तथ्यांक आउन बाँकी छ । ’
मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई पाँच बजेपछि पनि मतदान गर्न दिन आयोगले निर्देशन दिएको छ ।
पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा गरेर ३ लाख ३९ हजार ८ सय ३६ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार १४ स्थानीय तहमा कूल १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन् । १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4