
३० वैशाख, सुर्खेत । हावाहुरीले रूख ढल्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । विरेन्द्रनगर नगरपालिका २, रानीघाटका ६२ वर्षीय लालबहादुर पुलामीको रुखले किचेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार आज दिउँसो ३ बजे चट्याङसहित आएको हावा हुरीले सिमलको रूख ढलाएको थियो ।
सोही रूखले किचेर पुलामीको मृत्यु भएको डीएसपी घर्तीले बताए । ‘घटनास्थमा प्रहरी गएको छ, घटनाबारे थप विवरण लिने काम भै रहेको छ’ उनले भने ।
यस्तै दिउँसो आएको हावाहुरीले वीरेन्द्रनगरस्थित रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ । टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4