
३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ ।
स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।
‘केही मतदान केन्द्रमा मतदातालाई आउन नदिने गरी गौंडा–गौडामा अवरोध गरिएको पाइएकाले पनि मतदान स्थगित भएको छ,’ स्रोतले भन्यो,‘बेलुकासम्म मतदान स्थगित भएका सबै विवरण प्राप्त हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4