
३० वैशाख, काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि हातपात भएको छ ।
मतदानको जानकारी लिन नगरपालिकाको वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुगेका ढुंगानालाई अज्ञात समूहले हातपात गरेको हो । उनी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । उनी नेपाली कांग्रेसकोतर्फबाट गठबन्धनका मेयर उम्मेदवार हुन् ।
मतदान भइरहेका बेला बुथमा प्रवेश गरेका ढुंगानालाई चार थप्पड हानिएको प्रत्यक्षदर्शीले बताए । उम्मेदवार ढुंगानालाई अहिले नजिकै कांग्रेस कार्यकर्ताहरूले उद्धार गरेर सुरक्षित ठाउँमा राखेका छन् । मतदान केन्द्रको लाइनमा बसेका मतदाताका लागि अहिले पनि मतदान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4