
३० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका अधिकांश केन्द्रमा मतदान सकिएको छ ।
तर केही केन्द्रमा अहिले पनि मतदान जारी रहेका कारण के–कति मत खस्यो भनेर तथ्यांक प्राप्त गर्न सकिएको छैन । मुख्य निर्वाचन अधिकृतकको कार्यालयकाले पछिल्लो अपडेट अनुसार धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले अघिकांश केन्द्रमा मतदान सकिएको बताउँदै अहिलेसम्म कुल ९३ हजार मध्ये करीब ६० हजार बढि मत खसेको जानकारी दिए । जुन कुल मतदाताको ६५ प्रतिशत हो । उनकाअनुसार केही मतदाना केन्द्रमा भने मतदान जारी छ । खासगरी ५ बजेभित्र केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई मतदान गर्न दिइएको उनले बताए ।
मतदान सकिएका केन्द्रहरुबाट मुचुल्का बनाएर मतपेटिका एक ठाउँमा संकलन गर्ने काम भइरहेको छ भने मतगणनाा भने शनिबारदेखि मात्रै हुने भएको छ ।
सहायक निर्वाचन अधिकृत भट्टले मतपेटिका संकलनमा समय लाग्ने भएकाले मतगणना शनिबार बिहान ९ बजेदेखि हुने जानकारी दिए । रातिसम्ममा सबै वडाबाट मतपेटिकाहरु संकलन गरेर धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा राख्ने काम सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
प्रतिक्रिया 4