
३० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा ७० देखि ७५ प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।
निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले यकीन विवरण आइनसकेको तर ७० देखि ७५ प्रतिशतसम्म मत खसेको अनुमान गरेको बताए ।
भरतपुर महानगरपालिकाको मतपेटिका भने चितवन जिल्ला उद्योग वाणिज्य संघको औद्योगिक प्रदर्शनकी केन्द्रको सभाहलमा जम्मा पारिँदैछ । सबैतिरबाट मतपेटिका जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गर्ने मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए ।
मतदान सकिएपछि हाल मतपेटिका संकलनको काम भइरहेको उनले बताए । भरतपुरमा दिनभर शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन अधिकृत अधिकारीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4