
३० वैशाख, विराटनगर । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले यकिन विवरण आइनसकेको र मतपेटिका संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । सबैतिरबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गर्ने उनले बताए ।
विराटनगर महानगरमा १ लाख ३३ हजार मतदाता छन् । त्यसमध्ये ८९ हजार ८९६ मत खसेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4